मनाङको पभ्राकामा फेरि भूकम्पकाे धक्का

काठमाडाैं । मनाङ जिल्लाको पभ्राकालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ८:२२ बजे भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको छ। सामान्य प्रकृतिको भए पनि यो धक्काले स्थानियहरूमा त्रासको वातावरण सिर्जना गरेको छ। हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त […]

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा […]

दिल्लीमा बिहानै भूकम्पको धक्का, घरबाहिर निस्किए मानिस

काठमाडौं । भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५ : ३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो । दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ ।

हलेसी आगलागी : ३ घर ध्वस्त, करोडौंको क्षति

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आगलागी भएको छ । आइतबार साँझ भएको आगलागीमा लघुवित्तको कार्यालय रहेकोसहित ३ वटा घरमा क्षति पुगेको छ । खान पकाउने क्रममा ग्यास ‘लिक’ भएर पदम राईको भान्छा कोठाबाट साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । आगोले राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, ग्यास पसल र निर्धन […]

बिल गेट्सको अनुदानमा झापामा बनेको फोहर प्रशोधन केन्द्र प्रयोग विहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्ध शान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन […]

कस्ताे रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

खोटाङको हलेसी बजारमा आगलागी

खोटाङ। खोटाङको हलेसी बजारको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको र स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । […]

क्रसर उद्योगमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

झापा । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आइतबार साँझ पौने ६ बजेको समयमा क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बढ्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको […]

ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ […]

आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको आईएमई पे स्रोतले जनाएको छ । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं