आजदेखि नयाँ शैक्षिकसत्र सुरु, कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो […]

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन […]

आज चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया […]

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

काठमाडौं । विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । […]

भारतीय विदेश सचिव मिश्री काठमाडौं आउँदै, उच्चस्तरीय कूटनीतिक सक्रियता तीव्र

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालमा उच्चस्तरीय कूटनीतिक भ्रमणको क्रम जारी रहँदा भारतले पनि आफ्नो संलग्नता बढाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी ३०–३१ वैशाखमा काठमाडौँ भ्रमणमा आउने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतहरूले बताएका छन् । परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको […]

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो । गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन […]

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काभ्रेपलान्चोक। शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो । आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिरहँदा अपराह्न वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले […]

बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

काठमाडौं । काभ्रेको मंगलटारमा बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरूद्व अलपत्र परेका यात्रुहरूको प्रहरीले उद्वार थालेको छ । स्थानीयको सहयोगमा आइतबार बिहानबाट अलपत्र यात्रुको उद्धार सुरु गरिएको प्रहरीले जानकारी दिएको हो । रोशी गाउँपालिका क्षेत्रमा पर्ने मंगलटारमा बस, माइक्रोबस तथा निजी सवारी साधन रोकिएका छन्। जोखिमयुक्त स्थानबाट यात्रुलाई पैदलमार्ग हुँदै […]

कति सुकुमबासी सम्पर्कमा आए ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार छेउछाउका सुकुम्बासीलाई हटाउने क्रम जारी नै राखेको छ । थापाथली, मनोहरा क्षेत्रको क्षेत्र खाली गराएपछि आज काठमाडौं–९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने काम चलिरहेको छ । खाली गराइएका स्थानबाट हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई […]

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

काठमाडौं । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं