पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ […]

धनुषामा आठ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण

जनकपुरधाम– जिल्लामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो । तथ्यांक अनुसार […]

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

सोल- दक्षिण कोरियाको अग्रणी इलेकट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल सुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हडतालको घोषणा गरेको हो । राष्ट्रिय सामसुङ इलेकट्रोनिक्स युनियन (एनएसईयू) ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो […]

पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै भएको बताएका छन् । नेपाल विद्यार्थी संघ तारकेश्वर समितिले एसईई उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो भन्ने सोच सबैले आत्मसात गरेर […]

एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने […]

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक […]

कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात अवरुद्ध

मुगु– एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् । छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग […]

किन खाने पोलेको मकै ?

काठमाडौं– पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खाँदाको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खाँदा धेरै फाइदा पाउन सकिन्छ । अहिले गाउँबाट केही सामान मगाउँदा पोलेको मकै पनि पठाइदिनुस् है भनेको […]

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे

काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् । उनले विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका […]

मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम

बाँके– स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै आयोजित तालिममा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा