ताप्लेजुङका ६ राजनीतिक दल भन्छन्, ‘लगानीमैत्री वातावरण बनाऔं, वार्ताबाट निकास खोजौं’

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल जिल्लामा लगानी मैत्री वातावरण बनाउनु पर्ने पक्षमा एकमत देखिएका छन् । पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै उत्पन्न परिस्थिति पछि विहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै जिल्लाका ६ राजनीतिक दलहरूले समस्याको समाधान वार्ताबाट गर्नुपर्ने र असहज परिस्थिति अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]

‘सरकार र आन्दोलनरत पक्षले वार्ताबाट समस्याको समाधान खोज्नुपर्छ’

ताप्लेजुङ । बन्द र हड्ताल जस्ता गतिविधिले ताप्लेजुङका नागरिकको जनजीवनमा असर परेकाले बन्द फिर्ता लिइ वार्ताबाट समस्याको समाधान खोज्न ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले समस्याको समाधान बन्द नभई वार्ताबाट गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ भने सरकारलाई तत्काल वार्ता गरी जनजिवन सहज बनाइदिन अपिल […]

केबलकार निर्माणको विरोधमा गरिएको बन्दको यातायात व्यवसायीले गरे विरोध

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणको विरोधमा गरिएको यातायात हडतालको यातायात व्यवसायीले विरोध जनाएका छन् । बुधबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ इलामले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको तथा २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारी साधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा […]

सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार बनाऔं : कांग्रेस

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण सुरु भएको केबलकार र जिल्लामा सञ्चालित जलविद्युत परियोजनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सदरमुकाम फुङलिङमा विहीबार पत्रकार सम्मेलन गर्दै कांग्रस ताप्लेजुङले पाथीभराको सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले केबलकारको विरोध गरिरहेकाहरूसँग वार्ता गरेर […]

केबलकारको विरोध गरिरहेका समूहद्धारा मानवअधिकार उल्लंघन, आन्दोलनमा बालबालिकाको प्रयोग

ताप्लेजुङ । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । तर, ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका पहिचान पक्षधरहरूले आफ्ना आन्दोलनमा बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ । बालबालिका पक्राउ र घाइते भइरहेका छन् । मानवअधिकारकर्मी भन्छन्, […]

सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडाैं । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बिहीबार) परेको छ । विविध कार्यक्रम गरेर यो समुदायले धुमधामसाथ एवं हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउने गर्छन् । यसलाई राष्ट्रिय पर्वकै रूपमा लिइन्छ । त्यही भएकाले सरकारले पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा ठाउँठाउँमा विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ […]

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ […]

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेष गरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । […]

कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा