काठमाडौं । जेन जेड अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले करदाताको करिब डेढ अर्ब रुपैयाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताएका छन्। यस्तो छ उनको फेसबुक स्ट्याटस :
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् । हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गरेर विभाजनलाई औपचारिकता दिएको उनको भनाइ छ । खतिवडाले काँग्रेसका अधिकतर नेताहरू विभाजनको पक्षमा नरहेको प्रष्ट पारे । यद्यपि, विभाजन […]
काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले काँग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक काँग्रेस हुने बताए । देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष […]
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी भित्रको गुटबन्दीले आउन लागेको प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन् । नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार साँझ काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटबन्दी आन्तरिक हुने र बाह्य दलसँग लड्दा सधैँ एमाले एक […]
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र प्रतिस्पर्धा एकैसाथ अघि बढिरहेका छन्। विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर चलेको वार्ता निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी तीव्र पारेको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्वमा परिवर्तनको प्रयास अघि बढाए पार्टी विभाजनको जोखिम समेत बढ्न […]
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा […]
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै तीन जनालाई खादा ओढाई मञ्चले सम्मान गरेको हो । उक्त कार्यक्रममा फागुन २१ मा […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अतिवादी र हीनताबोध त्याग्नु नै एमाले पार्टी भित्रको एकताको मुख्य बिन्दु भएको बताएका छन् । नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले पार्टी भित्र अतिवादी र हीनताबोध देखिएकाले यी दुवै त्याग्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सोमबार कांग्रेसले मंगलबार बिहान १० बजेका लागि बैठक बोलाएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु र सातवटै प्रदेशका सभापतिहरुलाई बोलाइएको छ । मंगलबार बिहानै विवाद समाधानका लागि त्रिपक्षीय […]
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले आज सम्मान गर्ने भएको छ । निर्वाचित् भट्टराई, मेन्याङ्बो र थेबेको सम्मानका लागि आज अपराह्न ४ बजे अनामनगर स्थित सिलौटो कटेजमा बधाई तथा शुभकामना कार्यक्रम राखिएको सम्पर्क मञ्चका कोषाध्यक्ष चुडामणी […]