
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका […]
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका अध्यक्ष ज्ञानप्रसाद […]
झापा – नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्व पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुइँटेलले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले परित्याग गर्ने क्रममा नेता खरेलले अध्यक्ष केपी […]
काठमाडौं – कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणका आधारमा हामीले ताप्लेजुङबाट निर्वाचित भएर मन्त्रि बनेका दुई जनाको विवरण यहाँ उल्लेख गरेका छौं । ताप्लेजुङबाट निर्वाचित भएका तिलकुमार मेन्याङ्बो र निर्माला लिम्बु प्रदेशका मन्त्री छन् । मेन्याङ्बो खानेपानी, सिँचाइ तथा […]
काठमाडौं – थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २९ जना […]
सोलुखुम्बु – जिल्लामा एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राति साढे ८ बजे किशोरीले शरीरमा आगो लगाएकी […]
काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो । “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज […]
काठमाडाैं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले उक्त रुलिङ गर्नुभएको हो । “विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भन्नुभयो, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ […]
दही, मोही मन नपराउने सायदै नेपाली होलान् । अझ गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ । मोही पिइरहने बानी भएपनि यसमा पाइने पोषक तत्वका विषयमा भने धेरैको चासो नहुन सक्छ । मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले […]
काठमाडौं – भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरू हुँदैछ । तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुन्छ । ‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ […]