काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणमा परी १५ प्रहरीको मृत्यु भएको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतक सबै प्रहरी रहेको पुष्टि गरे। आक्रमणमा तीन जना घाइते भएका छन् र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल […]
एजेन्सी । युरोपेली संघअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ । […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस अवधिमा दुवै देशले कुनै पनि सैन्य कारबाही नगर्ने बताए । उनले दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्ने पनि उल्लेख गरेका छन् । उनले आफ्नो अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर […]
काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे […]
काठमाडौं । वासिङ्टनको हिल्टन होटलमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोजको क्रममा गोलीबारी भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स हिल्टन होटलमा उपस्थित हुँदा बाहिर गोली चलेको हो । सुरक्षाकर्मीहरूले उनीहरू सबैलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । राष्ट्रपति बनेपछि ट्रम्पले रात्रिभोजमा भाग लिएको यो पहिलो पटक थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, प्रत्यक्षदर्शीहरूले करिब […]
एजेन्सी । युक्रेनको पूर्वी डिनिप्रो सहरमा भएको पछिल्लो रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । उद्धारकर्मीहरूले रुसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् । पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने […]
टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४:५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा […]
काठमाडौं । अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिन सम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ । युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् । शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् । उनलाई पत्रकारले ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जसको जवाफमा उनले भने, […]
काठमाडौं । इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी वार्ता दुई चरणमा सम्पन्न भएको हो । इरानी सरकारले जनाएअनुसार पहिलो चरणको वार्ता हालका लागि रोकिएको छ । दुवै देशका टोलीहरूले आपसमा मस्यौदा र आवश्यक कागजातहरू आदानप्रदान गरेका छन् । केही मुद्दाहरूमा अझै मतभेद बाँकी […]