नेप्सेमा ९.६२ अंकको गिरावट, १९९ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच हुँदा […]

काठमाडौं–सांघाई सिधा उडान पुनः सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुनः सुरु गरेको छ। एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सोमबार (सेप्टेम्बर २८) देखि पुनः सञ्चालनमा ल्याएको हो। एयरलाइन्सका अनुसार प्रारम्भिक चरणमा सातामा दुई उडान सञ्चालन हुनेछन्। काठमाडौं–सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ। उडान तालिकाअनुसार काठमाडौं–सांघाई […]

अब उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही

काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्कासन गरिएको जानकारी […]

नेपाली जुट उद्योगको अस्तित्व संकटमा छ – सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरेकी हुन् । सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली जुटमा […]

सुनको भाउमा गिरावट, आज तोलामा कति रुपैयाँ घट्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन […]

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति

काठमाडौँ । शरद् ऋतुमा नेपालका १८ हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ती आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला छन् । आरोहण अनुमति प्रदान […]

झापामा सुपथ मूल्य पसल: चामलदेखि नुनसम्ममा छुट

झापा । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत बिक्री सुरुआत गरिएको छ । चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु. पाँच तथा नुनमा प्रतिकिलो रु. दुई […]

भारतमै थियो सवारी, भन्सारका कर्मचारीले देखाए नेपाल प्रवेशको पुरानै बक्यौदा

विराटनगर । विराटनगर स्थित नेपाली भन्सारका कर्मचारीको लापरबाहीका कारण आफूले दुःख पाएको भन्दै भारत बिहारका नागरिक राहुल मलिकले छानविनको माग गरेका छन् । केही दिन अघि विराटनगर भन्सार नाका हुँदै नेपाल प्रदेश गरेर इलाम सम्म पुगेर फर्किएका मलिकले आफ्नो सवारी बीआर ३९ एई ९०१२ को नेपालमा सञ्चालनको ३ दिनको परमिट लिएका थिए । तर, उनी […]

विराटनगरमा नेपाली नागरिकको नाममा चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको फेला

विराटनगर । नेपाली नागरिकको नाममा दर्ता रहेको फर्मबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरेको पाइएको छ। विराटनगर–२ स्थित एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा फर्म नेपाली नागरिकको नाममा दर्ता रहे पनि व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र […]

सुनको मूल्य घट्यो, तलोमा कति ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं