काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको संगमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय […]
काठमाडौं । कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पंक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रमध्ये पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि त्यहाँ रहेका करिब १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ। त्यसैगरी, मोरङ जिल्लाको बूढीगंगा क्षेत्रमा रहेको अर्को फार्मसहित दुई ठूला उत्पादन […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार […]
काठमाडौं । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यका साथ सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमा उत्रिन थालेको छ। लामो समयदेखि सरकारी कागजात लिन कार्यालयमा धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारले राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्याउन थालेको हो। गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको १०० […]
काठमाडौं । प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको वितरण प्रणाली पुनर्संरचना गर्दै स्थानीय तहको हिस्सा वृद्धि गर्ने उद्देश्यले नयाँ सूत्र लागू गर्ने निर्णय गरिएको छ। अन्तर-सरकारी वित्त परिषद् तथा सम्बन्धित विषयगत समितिको हालै सम्पन्न बैठकले विद्युत् उत्पादन, पर्वतारोहण, वन तथा खानी क्षेत्रबाट प्राप्त रोयल्टीमा स्थानीय तहको सहभागिता बढाउने गरी नयाँ गणना प्रणाली कार्यान्वयन गर्ने निष्कर्ष निकालेको […]
सिरहा । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्थे , अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उनले परम्परागत खेती […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको […]
तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ। वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए। छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहारलगायतका स्थानका […]
काठमाडौं । सरकारले शनिबार र आईतबार दुई दिन बिदा दिनुका साथै काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु भएपछि पर्यटन तथा होटल व्यवसाय चलायमान हुने भन्दै व्यवसायीले यो निर्णयको स्वागत गरेका छन् । बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार आएसँगै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो, भने मंगलबार रातीबाट काठमाडौंमा सुरक्षाको प्रत्याभूतिसहित रात्रीबस सेवा […]
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ । उनी उक्त वनको सदस्य पनि हुन् । त्यसैले पनि उनलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने लागेको रहेछ । निर्माण सुरु भएपछि भने उनले सोचे जस्तो भएन । घरछेउमै सामुदायिक वन हुँदा पनि आफूले झ्याल–ढोकाका लागि आवश्यक काठ […]