प्रदेश १ को घटेर आउँदैछ बजेट, ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

विराटनगर । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । […]

सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ । […]

कांग्रेसको थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिएका छन्। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण […]

प्रदेश १ मा नेपाल पक्ष पनि बनेको हो सत्तापक्ष ?

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद हुन्। उनले सदनमा भने, ‘हामी सत्तापक्षकै हौं, सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा मज्जाले बोल्छौं।’ अर्का सांसद लीलाबल्लभ अधिकारीले केन्द्रको राजनीति जे भए पनि प्रदेशमा यो […]

मन्त्री नेम्वाङको निर्देशन ‘लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी गर्नु’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक […]

सांसद वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी, पक्राउ गर्ला त प्रहरीले ?

काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । […]

इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता

इटहरी । इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता रहेको खुलेको छ। आफ्नै भवन इटहरी १० मा केही महिनाभित्रै बनिसक्ने अवस्थामा अहिले भाडामा बसेको घर अनुपयुक्त भएको भन्दै नयाँ भाडाको घरमा कार्यालय सार्न सेटिङ गरिएको हो। इटहरी—२ धरान रोडस्थित दिनेश भट्टराईको घर भाडामा लिएर सञ्चालन हुँदै आएको कार्यालयलाई इटहरी—८ का वडाध्यक्ष रोहित चौधरीको […]

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमलाई जनता समाजवादीसमेतले समर्थन जनाएपछि सहजै बहुमतका साथ पारित भएको हो । सरकारको बार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धि बिषयलाई समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले […]

नेताहरुको अहंकार र शक्तिको टकराबले एमाले समस्यामा पर्यो : योगेश भट्टराई

काठमाडौं । एमाले नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबका कारण हरेक क्षेत्रको नेतृत्व खतरामा पर्दै गएको बताएका छन् । गण्डकी प्रदेशमा एमालेको सरकार विस्थापन भएर शनिबार काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नेता भट्टराईले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै गण्डकीमा एमालेले सत्ता गुमाउनुको कारण नेताहरुको अहंकार र शक्तिको टकराब भएको उल्लेख गरे । उनले […]

भारतमा ६५ हजार संक्रमित थपिए, ३ हजार ७१ संक्रमितको मृत्यु

विराटनगर । भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा