विश्वकपमा क्यानडाको ऐतिहासिक जित, कतार ६-० ले पराजित

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एक/एक गोल गर्दा एक गोल उपहार पायो । खेलको १६औं मिनेटमा […]

विश्वकप फुटबल: कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । […]

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । कान्सास सिटीमा भर्खरै सम्पन्न खेलमा ३८ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाए। खेलको आठौँ मिनेटमा उनले गोल […]

विश्वकप फुटबल: फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको […]

विश्वकप फुटबल: स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि […]

विश्वकपमा आज ४ खेल : स्पनेसँग केप भर्डकाे पहिलो भेट, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही जुन १६ को बिहान हुनेछ । आज उपाधि दाबेदार युरोपेली टोली स्पेन यस विश्वकपमा पहिलोपटक मैदान उत्रिदैछ । पहिलो खेल समूह एचमा केप भर्डले स्पेनको सामना गर्न लागेको हो । […]

फिफा विश्वकप : इक्वेडरमाथि आइभरी कोष्टको रोमाञ्चक जित

काठमाडौं । अफ्रिकी देश आइभरी कोष्टले जारी फिफा विश्वकपमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टले इक्वेडरलाई ९०औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गरेको छ । आइभरी कोष्टको जितमा खेलको ९०औं मिनेटमा अमाद डायलोले गोल गर्दै जित दिलाएका थिए । यो जितपछि समूह इ मा आइभरी कोष्टले महत्त्वपूर्ण ३ अंक […]

फिफा विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समूह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्को १/१ गोलको बराबरीमा रोकिएको हो। खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए । खेलको २१औँ मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता […]

फिफा विश्वकप: क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अंक बाडेका छन् । खेलमा पहिलो अग्रता […]

फिफा विश्वकप २०२६ : पहिलो खेलमा मेक्सिको विजयी, ३ खेलाडीलाई रातो कार्ड

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । मेक्सिकोका लागि खेलको ९ औं मिनेटमा जुलियन क्विनोन्सले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । मेक्सिको सिटी रंगशालामा भएको उद्घाटन खेलमा तीन जना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं