काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले घाइते तथा बिचल्लीमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न […]
काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीबारे चीनले नेपाललाई पूर्वसूचना दिएको थियो कि थिएन भन्ने प्रश्न श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारसमक्ष गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले विपद्का घटनामा पूर्वसूचनाको ठूलो महत्त्व हुने उल्लेख गर्दै चीनले नेपाललाई बाढीबारे जानकारी गराएको थियो कि थिएन भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्। ‘चीनबाट […]
काठमाडौँ । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचइओसी) सक्रिय बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँस्थित सङ्घीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग […]
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्याएको क्षतिका कारण स्थगित गरिएको हो । संसद बैठक पनि संक्षिप्त बस्ने भएको छ ।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। यसअघि प्रधानमन्त्री शाहले विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। रसुवामा आज बिहान आएको बाढीपछि आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्ने छन् […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखेको प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा एमाले पराजयबारे कारण, सुझाव र पार्टी पुनर्गठनबारे प्रस्ताव गरिएको छ । गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय बेहोर्नुको पछाडि ६ वटा कारण रहेको निष्कर्ष प्रतिवेदनको छ ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा मंगलबार आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई बलियो बनाउन सक्ने बताए। उनले बीमा कम्पनीहरूले बीमितलाई सहज र […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने जिकिर देउवा पक्षले गरेको छ। सर्वोच्च अदालतका सूचना […]
काठमाडौं । एकैपटक २० प्रमुख प्रशासकीय अधिकृतसहित ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका उपसचिवहरूको स्थानीय तह, मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक […]