सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङ – बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको […]

तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता

काठमाडौं – वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट […]

पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नदिने मुकुम्लुङ संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङको चेतावनी, यस्ता छन् माग

काठमाडौं – मुकुम्लुङ संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यथास्थितिमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको छ । मंगलबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यस्तो चेतावनी दिएको हो । आन्दोलनरत संघसंस्थाको माग र विचारलाई वेवास्ता गर्दै पाथीभरा केबलकार कम्पनीको कार्यअवधि थप गरेर फुङलिङ नगरसरकारले आन्दोललाई […]

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना कोरोना भाइरसबाट […]

पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै, छिट्टै पम्पिङ गरेर पानी पुर्‍याउने तयारी (फोटो फिचर)

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न […]

पूर्वाधारका काम समन्वय गरी अगाडि बढाऔं : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गर्नुभएको भएको छ । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गर्नुभएको हो । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका […]

‘एमाले स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी हो’

विराटनगर – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने दाबी गरेका छन्। प्रेस चौतारी प्रदेश १ ले मंगलबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गरेका हुन्। ‘एमालेलाई एक्ल्याउने सपना कसैले पनि नदेखे हुन्छ। कोसिस त गर्न पाइयो। तर पार लाग्दैन, असर […]

उल्टो यात्रा गर्दै गरेर ताप्लेजुङको पाथीभरा जाँदै सुनसरीका युवा ओमप्रकाश

विराटनगर – आन्तरिक पर्यटनको बढवा र हिन्दू धर्मप्रतिको आस्था जनस्तरमा जगाउन एक युवाले ताप्लेजुङ्गको धार्मीक तीर्थस्थल पाथीभारा मन्दिरसम्मको उल्टो पदयात्रा सुरु गरेका छन्। २०५ किलोमिटरको यात्र प्रदेश १को राजधानी विराटनगरबाट सुनसरीका युवा ओमप्रकास बानियाले शुक्रवार देखि सुरु गरेका हुन्। विराटनगरबाट उल्टो यात्रा गर्दे ताप्लेजुङ्गको पाथीभारा मन्दिरसम्मको २९ दिने उल्टो पद यात्रा गरिने छ। पाथिभरा मन्दिरसम्मको […]

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, गरिबलाई झनै सास्ती

काठमाडौं – सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी […]

भारतमा आज राष्ट्रपति पदको निर्वाचन, द्रौपदी र यशवन्तबीच प्रतिस्पर्धा

काठमाडौं – भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं