काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको […]
काठमाडौँ । बालेन नेतृत्वको सरकारले शासकीय सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको छ। मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा बढी हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने नीति लिएको हो। यसका लागि नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरिने उल्लेख गरिएको छ। मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने क्रममा हाल कायम रहेका […]
काठमाडौँ । भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने भएको छ। बालेन नेतृत्वको सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत उक्त घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समय सीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइने उल्लेख गरिएको छ। समितिको प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही प्रक्रिया […]
काठमाडौं । बालेन्द्र शाह(बालेन)नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको भए पनि तत्काल सार्वजनिक गरिएको थिएन । सरकारले शनिबार साँझ कार्यसूची सार्वजनिक गर्दै सेवा प्रवाह, सुशासन, प्रशासनिक पुनर्संरचना तथा डिजिटल शासनलगायत क्षेत्र समेटेर सुधारका प्राथमिकता अघि सारेको जनाएको छ ।
काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै […]
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको […]
काठमाडौं । जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहान निवासबाटै पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । नयाँ सरकार गठनसँगै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष […]
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । सो अवसरमा पूर्वप्रधानमन्त्रीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई सहभागी भएका थिए । साथै, अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतका […]
काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र […]