अबको प्राथमिकता एमालेलाई जनताबीच पुनःस्थापित गर्नु हो : सचिव हिक्मत कार्की

काठमाडौं । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै कार्कीले अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी भएको बताए। त्यसअघि पार्टी […]

बालेन न्युयोर्क पुगे, बिहीबार महासभालाई सम्बोधन गर्ने

विराटनगर । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजको उडानबाट प्रस्थान गरेका थिए। उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क पुगेका हुन्। उपलब्ध विवरणअनुसार प्रधानमन्त्री शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

जलवायु न्यायका मुद्दा उठाउँदै प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि महासभामा प्रधानमन्त्री सहभागी नहुने र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। तर, भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि […]

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रमा सतर्क रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मौसम पूर्वानुमानसम्बन्धी जानकारी सार्वजनिक गर्दै शुक्रबार (असोज ९) देखि आइतबार (असोज ११) सम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा […]

विराटनगर–४ बाट युवा क्षेत्रीय प्रतिनिधिमा युगाङ रेग्मी र लिशा भट्टराई निर्विरोध

विराटनगर । नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–४ बाट युगाङ रेग्मी र १९ वर्षीया लिशा भट्टराई युवा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै रेग्मी र भट्टराई निर्विरोध निर्वाचित भएका हुन्। उनीहरूको चयनसँगै नेपाली कांग्रेसको स्थानीय संगठनमा युवाको सहभागिता र नेतृत्वको चर्चा बढेको छ। विराटनगर–४ बाट युवा प्रतिनिधिका रूपमा निर्वाचित रेग्मी र भट्टराईले […]

जेनजी पुस्ताका दुई दाजुभाइ क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–१ बाट ३५ वर्षमुनिको युवा कोटातर्फ एकै परिवारका दुई दाजुभाइ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। २९ वर्षीय अभिषेक भट्टराई र उनका भाइ २६ वर्षीय गौरव भट्टराई युवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्। दुवै दाजुभाइ सानैदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा रुचि राख्दै आएका छन्। अभिषेक यसअघि नेपाली […]

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौं । नेपाली काँग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका […]

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोर मैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्ने छन् । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीलाई वालेन्द्र शाहलाई शुभकामना दिएका छन्। सभापति लामिछानेले मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपालको राष्ट्रिय हित तथा साझा सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न आग्रह गरेका हुन्। ‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका […]

योगेश भट्टराईले अध्यक्ष ओलीलाई बुझाएकाे लिखित धारणामा के छ ?

काठमाडौं । एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण अनिवार्य भएको धारणा व्यक्त गरेका छन् । जारी एमाले केन्द्रीय कमिटीको दोस्रो दिन मंगलबार उपमहासचिव भट्टराई अध्यक्ष केपी शर्मा ओलीलाई लिखित धारणा बुझाउँदै यस्तो प्रस्ताव गरेका हुन् । ‘पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण आवश्यक छ’, भट्टराईले लिखित रुपमा ओलीलाई दिएको धारणामा भनिएको छ,‘कार्यदलको प्रतिवेदनको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं