काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिसहित नेपालले सामना […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढाउन वार्ता टोली गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा मंगलबार बसेको बैठकले नेता देव गुरुङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा नेता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन्। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार र राजनीतिक दृष्टिकोण […]
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। माफी मिनाहाविरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन भने खारेज भएको छ। जेठ २०८० मा राष्ट्रपति पौडेलले संविधानको धारा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जेनजी आन्दोलनमा सहिद भएका आफ्ना छोरा रसिक खतिवडाको शवसँग सांसद पद साटेको आरोपको खण्डन गर्दै आफू भावुक बनेकी थिइन्। व्यवसायी दुर्गा प्रसाईंले आफूले छोराको शवसँग […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए […]
विराटनगर । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटा पाख्रीबासको एक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् । पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि उनले उक्त सहयोग गर्न लागेका हुन् । विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च […]
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ । यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा बिदाइको लागि सरकारका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुग्ने गर्थे । तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उनलार्ई बिदाइ गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ । […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन् । उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री साहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू […]
काठमाडौं । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ । दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दाहालकी छोरी डेनिकाले सर्वोच्च […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र साह आज (मंगलबार) अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा प्रधानमन्त्री साहले बिहीबार महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ । न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । महासभामा सहभागी हुन […]