विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला […]
लक्ष्मी कटुवाल । विराटनगर उदयपुरको रौतामाई २ का ५५ वर्षिय लुङगेली मगरको खोलाले बगाएर मृत्य भएको छ । आइतबार राती करिब ८ बजे माइती घरबाट फर्कदै गर्दा सोही स्थानमा रहेको रसुवा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । दुई सय मिटर सम्म खोलाले बगाएपछि झारीमा अडकेको अवस्थामा मगरको शव […]
काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए। आज राजधानीमा भएको […]
विराटनगर । प्रदेश १ मा शनिबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । […]
विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो। सिमेन्टको बोराले थिचेर घाइते […]
विराटनगर । प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रमहरुको माग गरेको थियो । भदौ महिनाभरीको समयसिमा तोकेर गरिएको कार्यक्रम […]
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुइ पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरङ कानेपोखरी गाँउपालिकाका ५५ र सप्तरी राजविराजका ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराज ३ का बृद्धको बिहीबार राती ११ बजे र कानेपोखरी गाँउपालिकाका ५५ वर्षीय […]
विराटनगर । आज शुक्रवार पनि प्रदेश १ सहित देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू भागमा न्यून चापीय क्षेत्र उत्तर(पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ […]
विराटनगर । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरगमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको […]