माधव नेपालका पीएसओसहित ९ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ)सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेता नेपालका स्वकीय सचिव मोहन गौतममका अनुसार, नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर, नेता नेपाल र उनको परिवारका सबै सदस्यको भने नेगेटिभ […]

दुबईमा हुनुहुन्छ भने चिन्ता नगर्नुस्, आइतबार तपाईलाई लिन प्लेन आउँदैछ

काठमाडौं । मंगलबार दुबईबाट नेपाल फर्कन नपाएका २ सय ३५ जना नेपाली आइतबार नेपाल फर्कने भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अनुमतिमा आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जान लागेको जानकारी दिइएको छ। उनीहरूलाई लिनका लागि आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जाने र बेलुका उनीहरूलाई लिएर फर्कने गरी नेपाल एयरलाइन्सले सेड्युल निर्धारण गरेको छ। […]

पाथीभरा मन्दिर : एक वर्षमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा २ बर्षमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन भएको छ । २०७५ साउन १ देखि २०७७ साउन सम्मको मात्रामा संकलन भएको हो । पाथीभरा क्षेत्र बिकास समितिका सदस्य तथा सुनचाँदी ब्यवस्थापन उप–समितिका संयोजक गोपाल न्यौपानेका अनुसार ५४ तोला ५७ लाल एकनम्बरी र १४ तोला ६६ लाल […]

विराटनगरमा निषेधाज्ञा : उल्लंघन गरे पक्राउ गरेर छ महिनासम्म कैद !

विराटनगर । जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ । समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो । यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो । मोरङका प्रमुख जिल्ला […]

नेपालले नाप्यो सगरमाथाको उचाइ, नयाँ उचाई कति होला ?

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव […]

आंशिक बदली र मध्यम वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। त्यस्तै, आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना […]

‘मर्निङ वाक’मा निस्किने ? प्रहरीले होल्डिङ सेन्टरमा पुर्याउला

भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्। घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ। आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो। अत्यावश्यक कामबाहेक […]

विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका चारवटा स्थानीय तहलाई लक्षित गरेर शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ। महानगरले यसअघि दोस्रो पटक गरेको […]

भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

काठमाडौँ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ […]

अनलाइन कक्षामार्फत् नै शैक्षिकसत्र सुरु गर्ने तयारी

काठमाडौं । सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिनुभयो । अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइनमार्फत् शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताउनुभयो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा