झापामा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधेमा बुधवार राती पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका ११ का ४१ […]

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक पैदयात्रीको मृत्यू भएको छ । बिर्तामोड नगरपालिका १ मंगलबार दिउँसो पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिंदा बिर्तामोड नगरपालिका ६ का ३२ वर्षीय सागर मिश्रालाई ठक्कर दिंदा घाईते भएका थिए । घाईते मिश्राको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय […]

नेकपा प्रचण्ड–नेपाल समूहले गर्‍यो भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’ यसैबीच प्रचण्ड(नेपाल पक्षले पेरिसडाँडामा […]

प्याब्सनको केन्द्रीय समितिको वैठक विराटनगरमा बस्ने

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो । प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक […]

‘लम्कदै’ एभरेष्ट एजुकेशन फाउण्डेसन

विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्म सर्वोत्कृष्टता हासिल गर्ने बनाएको छ । मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजलाई समेत आफ्नो स्वामित्वमा लिएको छ । यो सँगै फाउण्डेसन अन्तर्गत न्यू एभरेष्ट कलेज, विराटनगर– ५ र एम्स कलेज विराटनगर–९ बाट […]

सवारी दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिका ४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ दक्षिणबाट उत्तरतर्फ जादै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकलमा एक आपसमा ठोक्किदा मे १० प ११६७ नम्बरको मोटरसाईल चालक गौरादह नगरपालिका ५ का […]

महान्यायाधिवक्ता अग्नि खरेलले भने ‘शक्तिशाली प्रधानमन्त्रीले विघटन गर्न पाउँछ’

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा ७६ (१) अनुरूप गठित सरकारको शक्तिशाली प्रधानमन्त्री खुम्चिएर बस्न नसक्ने जिकिर संवैधानिक इजलाससमक्ष गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी सोमबार महान्यायाधिवक्ता खरेलले गरेका हुन्। खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भएकाले ऊसँग विघटनको विशेषाधिकार हुने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा […]

बर्मामा आङ सान सू कीसहित प्रजातान्त्रिक नेताहरु गिरफ्तार

म्यानमार । वर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू कीसहित अन्य प्रजातान्त्रिक नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको […]

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

धनकुटा । धनकुटा ९ सवाबारी बस्ने ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ । आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक उनैले लगाएको कपडामा आगो सल्किन गई शरिरमा आगो लाग्दा जलेर उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली […]

प्रदेश १ मा १३ हजारले लगाए कोभिड १९ विरुद्धको खोप (कुन जिल्लामा कतिले लगाए तथ्याङ्कसहित)

विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार सम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं