तेह्र बोरो पटकासहित दुई जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका १० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ का २९ बर्षीय प्रशन दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेको झापा प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ मे १ह ५५२७ नम्बरको टेम्पोमा लुकाएर पटका ल्याँउदै गरेको भन्नेसुराकका आधारमा खटिएको […]

पर्यटन मन्त्री योगेश भट्टराईले ८ दिन ताप्लेजुङको गाउँ गाउँ भ्रमण गर्ने (भ्रमण तालिकासहित)

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कार्तिक २१ गतेदेखि २८ गतेसम्म गृह जिल्ला ताप्लेजुङका विभिन्न स्थानीय तहहरुको भ्रमण गर्ने भएका छन् । कोरोना महामारीको समय भए पनि भौतीक दुरी र स्वास्थ्य सावधानी कायम गर्दै जिल्लाका स्थानीयतहरुको विकास र आगामी योजना लगायतको विषयमा अनुगमन साथै जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया र छलफल गर्न […]

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

विराटनगर । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात […]

उपचारमा धेरै रकम लाग्ने भएपछि मोरङमा संक्रमितले गरिन् आत्महत्या

विराटनगर । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका १० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्। मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन्। […]

आज भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै

विराटनगर । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने बुधबारबाट हुने […]

कोरोना बीमाको सम्बन्धित कम्पनीले एकहप्ता भित्र अनिवार्य भुक्तानी गर्नुपर्ने

विराटनगर। कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा देखिएका समस्या, बीमा दाबी भुक्तानी कार्यलाई सरल र सहज बनाउने सन्दर्भमा आज अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सरोकारवाला सँग छलफल भएको छ । छलफलबाट बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दावी गरेका विमितहरुको एऋच् परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएको अवस्थामा वीमालेख वमोजिम प्रदान गरिने बीमाङ्क रकम […]

प्रदेश १ का पहाडी जिल्लामा बढ्न थाले संक्रमित, प्रदेशमा एकैदिन ३ सय ६३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय २० जनामा संक्रमण […]

गाडेको शव ५ महिना पछि निकालेर पुन जलाईयो

अर्घाखाँची । कोरोना संक्रमण पछि मृत्यू भएका एक व्यक्तिको शव गाडेको स्थानबाट ५ महिना पछि झिकेर पुनः दाहसंस्कार गरियो भन्ने सुन्दा अचम्म लाग्ला । तर, अर्घाखाँचीमा यस्तै भएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा […]

प्रदेश १ मा कोरोना : एकैदिन ४ सय ४९ जना डिस्चार्ज हुँदा २ सय ५९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, […]

संखुवासभामा टिपर दुर्घटना, चालकको मृत्यु

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका ५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजनाका कार्यरत सिमरा जितपुर उप महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । आईतवार राती ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं