आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्ने, के नगर्ने ?

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ […]

ताप्लेजुङमा एमालेबाट क्षितिज उम्मेदवार

ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई दुई पटक निर्वाचित ताप्लेजुङमा यस पटक क्षितिज थेवेले टिकट पाएका छन् । राष्ट्रिय युवा संघका अध्यक्षसमेत रहेका थेवे आइतबार टिकट बोकेर ताप्लेजुङतर्फ लागेको एमाले जिल्ला कमिटी ताप्लेजुङका सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुले पनि थेवेले टिकट पाएको पुष्टि […]

टिकट वितरणकाे निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्छु : योगेश भट्टराई

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले चुनावको टिकटबारे पार्टीबाट भएको निर्णय सुनेर विचलित नहुन कार्यकर्तालाई अनुरोध गरेका छन् । भट्टराईले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु ।’ एमाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि उम्मेदवारलाई टिकट वितरण अन्तिम चरणमा पुर्‍याएको छ । शनिबार […]

राजीनामा दिँदै बालेन, आजै पहिलोपटक रास्वपा कार्यालय जाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टी कार्यालय च:मति जाँदै छन् । उनको सचिवालयका अनुसार उनी दिउँसो १ बजे घण्टीघर पुग्ने छन् । १३ पुसमा रास्वपा प्रवेश गरेका शाह यसअघि ललितपुरको ज्वागलबाटै पार्टी गतिविधिमा सक्रिय थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगर प्रमुखमा […]

एमाले उम्मेद्वार को कहाँ ?

सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी […]

अदालत जान त जसलाई पनि खुला छ नि : योगेश भट्टराई

काठमाडाैं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी […]

राजीनामा दिने अन्तिम तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिने अन्तिम तयारी गरेका छन् । उनीनिकट स्रोतका अनुुसार, सम्भवतः आज राति वा भोलिसम्ममा बालेनले मेयर पदबाट राजीनामा दिन लागेका हुन् । फागुन २१ गतेको निर्वाचनको उमेदवारी दर्ताका लागि बालेनले माघ ६ गतेअघि नै राजीनामा दिनुपर्नेछ । बालेन राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)को केन्द्रीय […]

एमाले सचिवालय बैठक आज, उम्मेदवार टुंग्याइँदै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुने भएकाले समयमै निर्णय गर्न बैठक राखिएको हो । एमालेका जिल्ला, क्षेत्रीय र प्रदेश कमिटीले यसअघि […]

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी […]

दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति

काठमाडौँ । नागरिक बचाउ महाभियनाका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँ र सरकारका बीच २७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईँले सिंहदरवारमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं