पाइलट विजय लामाले विमानमै अन्तर्वार्ता दिएपछि परे कारबाहिमा

काठमाडौँ — उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी […]

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले […]

निर्वाचन आयोग किन अख्तियार परिचालन गरेर निर्वाचन खर्चको अनुगमन गर्दैछ ?

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि निर्वाचन खर्चको विशेष अनुगमन गर्ने भएको छ। मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा हुने खर्च, प्रयोग हुने सवारीसाधन लगायतका विषयमा गहिरो अनुगमन गर्न निर्वाचन आयोगले विशेष निर्णय गरेको हो। उसले पत्र पठाएर निर्वाचनको अनुगमन गरिदिन अख्तियारलाई आग्रह गरेको स्रोतले जनाएको छ। चुनाव खर्च अपारदर्शी भएपछि निर्वाचन […]

कन्यामको दृश्यावलोकनका लागि बनाइयो ‘स्काई वाक’

इलाम – इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ । पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो । कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको टावरमा चढेर […]

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा […]

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, पासाङ, फुर्बा, सर्मिला र लाकीको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ साँघुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाई २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ […]

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

पोखरा – पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ […]

विराटनगरको एक फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

विराटनगर – विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको […]

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा […]

एमाले ताप्लेजुङले आजबाट चुनाव प्रचार कार्यक्रम सुरु गर्दै, कुन दिन कहाँ कार्यक्रम ? (सूचीसहित)

ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङले आजबाट चुनावी कार्यक्रम सुरु गर्दैछ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ–गाउँ पुगेर प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको एमालेले जनाएको छ । आज पहिलो दिन सिदिङवा गाउँपालिका स्थित सादेवामा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार योगेश भट्टराई र प्रदेशसभाका उम्मेदवार तिलकुरमार मेन्याङबो लिम्बु र गोपाल […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा