रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ । उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै उनले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा […]
काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना […]
काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सोमबार सुर्खेतमा इनार सफा गर्दा बेहोस भई दुई जनाको निधन भएको उल्लेख गर्दै श्रमिकको सुरक्षाका लागि व्यवसायजन्य सुरक्षासम्बन्धी कानुन निर्माणको आवश्यकता औँल्याए। उनले सामाजिक सुरक्षा कोषको प्रबन्धअनुसार असंगठित क्षेत्रका मजदुरलाई पनि […]
भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम सुस्त भएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । विसं २०७९ पुस […]
बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही […]
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश मनोज शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो । यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ सुविधा प्रयोग गर्न समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको कुल जनसंख्याको २.२४ प्रतिशत जनसंख्यामा अपांगता भएका व्यक्तिहरू रहेको बताइन् । उनले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको समस्या धेरै र विकराल रहेको […]
इलाम- एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ । देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। कुकुरको छाउराको ज्यान लिएपछि विरोध हुँदा उनीहरू तीनैजना भागेका थिए । उनीहरूलाई भागेको अवस्थामा प्रहरीले […]
काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । चालकहरूको मागबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तापछि चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले आयल […]