काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको […]
झापा – पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० […]
बीबीसी – विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन् । अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा […]
काठमाडौं – जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड – १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत – ४३,८४७,०६५ फ्रान्स – ३३,६२१,३१० ब्राजिल – ३३,५५५,५२६ जर्मनी […]
काठमाडौं – नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]
उदयपुर – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्। ४४ औँ स्मृति दिवस अवसरमा अध्यक्ष ओली लगायतका नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गरेका हुन्। नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको […]
ताप्लेजुङ – ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा […]
काठमाडौं – मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्नुभएको उक्त नीतिले सरकारले लिएको आर्थिक […]
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ । सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताउनुभयो । सोही पार्टीका गङ्गा चौधरी ९सत्गौवा० ले सार्कका […]