काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय […]
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चुनावी प्रचारप्रसारको क्रममा जनकपुरमा आयोजित कार्यक्रममा संघीयताको नयाँ व्याख्या गर्दै भनेका थिए, – ‘सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई कमजोर बनाउने होइन, बरु यसलाई अझ अधिकार सम्पन्न र बलियो बनाउनुपर्छ ।’ त्यस बेला प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिले देशभर एउटा सकारात्मक तरंग पैदा गरेको थियो । उनले अगाडि थपेका थिए, […]
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको अवधिदेखि नै नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको सेवा-सुविधासम्बन्धी रोकिएको पारिश्रमिक पुनः नियमित गर्ने निर्णय गरेको हो। जेन जेड आन्दोलनपछि प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक वितरण रोकिएको थियो। बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन् । धान दिवस तथा असार १५ को शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गरे । नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धान रोपाइँ, असारे भाका, दही […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्ना धारणा सदनमा प्रस्तुत गर्न समय दिएका थिए । नेपाली काँग्रेसका रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने […]
काठमाडौँ । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठेर विरोध गरेका थिए । विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिएको हो ।
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । फाउन्डेसनले जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण […]
काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, […]
काठमाडौँ । सरकारको एक सय दिने शासकीय सुधार कार्य योजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योग मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई बुझाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ पदाधिकारी पाएको छ । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएका हुन् । जसअनुसार महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । उनले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । यसैगरी, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीका लागि आचार्यसहित मनिष झा, सागर ढकाल र […]