‘यूथ सेलिब्रेशन’ को तयारी पूरा, १ लाख युवा उतार्ने योजना

काठमाडौं । भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका […]

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन् । बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला माग पुरा गर्न र आन्दोलन रोक्न प्रधानन्त्रीले भूमिका नखेलेकाले पदबाट राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको हो । राप्रपाले राजतन्त्र पुन:स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी […]

सिरुवा पर्वले सत्मार्गमा हिँड्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीले मनाउने मौलिम पर्वले सबैलाई आकर्षित गर्ने बताएका छन् । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा सिरुवाजस्ता मौलिक पर्वहरूले देश–विदेशमा रहेकाहरुलाई समेत आकर्षित गर्ने कार्कीले उल्लेख गरे । प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण एवं सम्प्रवर्धन गर्न प्रतिबद्ध रहेको उनले बताए । सिरुवा […]

युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने

काठमाडाैं । नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसरमा पारेर एमालेले यो कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टीको सोमबार बसेको सचिवालय बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक […]

बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुटवल । नेकपा (एमाले)ले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत् जागरणसभा गर्दैछ । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका विरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज बुटवलमा जागरणसभा गर्न लागेको हो । तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय जागरणसभा गर्न लागेको हो । एमालेले गत चैत ११ गतेदेखि ३० गतेसम्म […]

हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी […]

राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव […]

राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु […]

काठमाडौंमा प्रदर्शन : १ युवकको मृत्यु, सुरक्षाकर्मीसहित २२ जना घाइते

काठमाडौं । काठमाडौंमा भएको राजावादी समूहको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । त्रिवि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं