Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ)सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतममका अनुसार, नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर, नेता नेपाल र उनको परिवारका सबै सदस्यको भने नेगेटिभ रिपोर्ट आएको गौतमले बताए।

नेपाल प्रहरीका दुईमध्ये एक जना नेता नेपाल चढ्ने गाडीको वैकल्पिक चालक हुन्। गत बिहिबार नेता नेपाल निवासमै ३३ जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको रिपोर्ट गएराति आएको थियो।

कोरोना संक्रमण देखिएका सबैलाई आज कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं