Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो ।

त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो ।

तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

‘संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरेका थियौं, तर बचाउन सकिएन, उनले भने ।

धरानमा प्लाज्मा थेरापी गरिएको यो दोस्रो केस हो । पहिलो पटक प्लाज्मा दिएका संक्रमित धरानमै उपचाररत छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ ।

उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा