Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

बिर्तामोड । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यानसर अस्पतालले गम्भिर रोग लागेकी एक महिलाको दुर्लभ शल्यक्रिया गरेको छ ।

दश लाख मानिस मध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सल्यक्रिया गर्न अस्पताल सफल भएको हो ।

अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाका अनुसार यो जटिल र दुर्लभ शल्यक्रिया हो । सफ शल्यक्रिया भएकी महिला हुन् मोरङको पथरी शनिश्चरे नगरपालिका निवासी वविता माझीको ।

फोक्सो, ठूलो आन्दा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्यूमरलाई ‘एड्ड्रोनल मास’ भन्ने गरिन्छ ।

डा बास्कोटाका अनुसार यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुन्छ । उनले भने ‘तर, हामीले गरेको शल्यक्रियामा सफल भयो ।’

पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने, ढाड दुख्ने लगायतका लक्षण देखिएपछि तीन महिना अघि पूर्वाञ्चल क्यानसर अस्पताल आएकी माझीलाई ‘एड्ड्रोनल मास’ भएको पुष्टि भएपछि अस्पतालले शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको थियो ।

अस्पतालको सुझाव पछि उपचारका लागि ल्याएको र वहिनीको सफल उपचार भएको भन्दै उनका दाजु गणेश लिम्बूले चिकित्सक सहित अस्पताल सञ्चालकलाई धन्यवाद दिएका छन् ।
उनले भने ‘९९ प्रतिशत वहिनीको आश मारेका थिए, जे हुन्छ हुन्छ भनेर डाक्टरलाई समेत हिम्मत दिए अहिले आएर डाक्टरले आफूलाई खुशी दिए ।’

करिव चार घण्टा लगाएर गरिएको शल्यक्रियामा २२ जना चिकित्सकको टोली संलग्न रहेको बताइएको छ ।

टोलीमा सर्जरीमा डा वाशुदेव वास्कोटा, एनेस्थेसियामा डा राजु श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा बीरेन्द्र यादव, रेडियोलोजिष्ट डा उमेशकुमार शर्मा र क्रिटिकल केयरमा डा निरज केयल लगायतको टिम सहभागी थिए ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जटिल शल्यक्रिया भएपनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए ।

माझीको उपचारमा चार लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

यसैबीच बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा कोरोना संक्रमित बिरामी फेला परेको भन्दै अफवा फैल्याएको अस्पतालले जनाएको छ ।

आइसोलेसनमा रहेका एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको र उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

उनको उपचारमा सम्लग्न चिकित्सक तथा नर्सको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

कोरोनाको संक्रमणका विषयमा अस्पताल सचेत रहेको भन्दै गिरीले अफवाको पछि नलाग्न विरामी तथा उनका आफन्तलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा