Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ।

निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ।

दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको देखिएको छ।

खाद्यान्न, तरकारी र फलफूलका पसल अधिकांश खुलेका छन्। पछिल्लो दुई दिन भने अधिकांश पसलहरु बन्दजस्तै थिए।

पसलमा मानिसहरुको चहल पहल पनि दुई दिनभन्दा आज धेरै देखिएको छ।

मर्निङ वाकमा हिँड्नेहरु पनि आज भेटिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले मर्निङ र इभिनिङ वाकलाई समेत निषेध गरेका छन्।

आज सडकमा दुई दिनको भन्दा सवारी साधनको चाप पनि धेरै देखिएको छ।

निषेधाज्ञा सुरु भएको दिन प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत रोकेको थियो।

त्यसैको विरोधमा बैंङ्कर संघरले बैंकहरु बन्द गर्ने घोषणा गरेको थियो।

त्यसैको दवावपछि प्रहरीलाई बैंक कर्मचारीलाई नरोक्न निर्देशन भएको छ।

आज त्यसले पनि सडकमा सवारीको मात्रा धेरै देखिने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा