Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।

पारिश्रमिक वृद्धिको माग गर्दै उनीहरुले राजीनामा दिएका हुन्।

कोरोना संक्रमणको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवन्ध नगरेको र पारिश्रमिक नियमित नभएको स्टाफ नर्सले बताएका छन्।

मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्टार्फ नर्सले पाइरहेको पारिश्रमिकमा ५ हजार थप गर्न माग गरेको बताए।

व्यवस्थापनले ४ हजार थप गर्न तयार रहे पनि उनीहरुले अस्वीकार गरेको दाहालले बताए।

नोबेल मेडिकल कलेजमा आकस्मिक सेवामा ६५० जना स्टाफ नर्स कार्यरत रहेको उनले बताए ।

नोबेलमा ९ जना कोरोना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा