Lite Nepal

बुधबार, भाद्र १०, २०७७

विराटनगर । विराटनगरमा मंगलबार राति कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय पुरुष रहेका छन् ।

विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार राति ८ बजे मृत्यु भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो ।

विराटनगर –१५ मिल्स एरिया घर भएपनि विराटनगर–११ स्थित माइतीमा बस्दै आएकी ती महिलामा श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो ।

त्यस्तै न्यूरो अस्पतालमा साउन ३१ गते भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राती ११ बजेतिर मृत्यु भएको हो ।

अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएको थियो ।

भदौ ७ गते उनको रिपोर्ट आउदा पोजेटिभ आएको थियो ।

बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि न्यूरोको आईसोलेशन विभागमा भेन्टिलेटरमा उपचार शुरु गरिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं