Lite Nepal

आइतबार, साउन १८, २०७७

संखुवासभा । संखुवासभाका चार हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । लोवर वरुण हिमताल सहित ४ हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।

इसिमोडका डा.अरुण बहादुर श्रेष्ठका अनुसार संखुवासभा १ सय ४ वटा हिमतालहरु रहेका छन् ।

मकालु वेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको एक हिमताल उच्च जोखिममा रहेको इसिमोडका डा.श्रेष्ठ जानकारी दिए ।

हिमतालको भविश्य र जोखिमको सम्भावना विषयक अन्र्तक्रिया कार्यक्रममा संखुवासभाका ४ र तिव्बतका १७ वटा हिमतालले खतरामा रहेको उनले बताए । तिब्वतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुदै नेपाल तर्फ आउने छ ।

१.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाई २.७ किलोमिटर चैडाई ६ सय मिटर रहेको छ । ४ हजार ५ सय ५० मिटर उचाईमा रहेको यस हिमताल वरुण नदीले कटान गरेपछि गरेपछि खतरा बढेको हो ।

हिमताल र वरुण नदीको अन्तर दुरी करिव २५ मिटर रहेको हिमताल पुगेर आएका प्राविधिक इसाक राईले कार्यक्रममा बताए । तत्काल वरुण नदीको वहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्न बाट जोगाउन सकिने राईले जानकारी दिए ।

वरुण नदी भन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतारा बढेको हो । यस हिमताल विस्फोट भएले ठुलो धनजनको क्षती हुन सक्ने छ । हितालको गहिराई मापन गरी आवश्यकता अनुसार हिमतालको पानी समेत बाहिरा फाल्नु पर्ने कार्यक्रममा सहभागिहरुले बताए ।

उच्च जोखिममा रहेका हिमतालको जोखिम न्युनिकरणमा तीनै तहका सरकार लाग्नु पर्ने जिल्ला समन्वय प्रमुख सुमन शाक्यको भनाई छ । अरुण तथा वरुण नदी किनारमा भएका बस्तीहरुलाई यसबारे सजक गराउन आवश्यक रहेको छ ।

संखुवासमा सन् १९८० मा ६५ वटा हिमताल रहेपनि हाल १ सय ४ वटा हिमताल पुगेका छन् । सन् १९८० मा २.४८ वर्ग किलोमिटर क्षेत्रमा रहेको हिमताल ४.९३ वर्ग किलोमिटर क्षेत्रमा ओगटेको छ ।

तुलनात्मक रुपमा ७८ प्रतिशत बढि क्षेत्रमा हिमताले ओगटेको हो । भोटखोला गाउँपालिकामा सन् १९८० मा ४० वटा हिमताल रहेकोमा वृद्धि भएर ५७ वटा पुगेका छन् । मकालु गाउँपालिकाम सन् १९८० मा २१ हिमताल रहेपनि हाल ३.२२ वर्ग किलोमिटर क्षेत्रफलमा ३८ वटा हिमताल पुगेका छन् ।

त्यसैगरी सिलिचुङ गाउँपालिकामा सन् १९८० मा ३ वटा हिमताल रहेपनि हाल ८ वटा हिमताल पुगेको पनि सभापोखरी गाउँपालिकामा एक वटा मात्र रहेको छ । २०७४ बैसाखमा लाङ्माले हिमताल फुट्दा संखुवासभा करोडौंको क्षति भएको थियो ।

हिमताल वरुण नदीमा आउँदा याङ्ले खर्चका सहितका स्थानमा रहेका होटल तथा गोठ, चौरीहरु बगाउँदा ठुलो क्षतिभएको थियो । सन् १९६४ यता तिव्बतमा ५ पटक हिमताल फुट्दा नेपालमा पनि क्षति पु¥याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा