Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा। मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।”

प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ तर यो थेरापी अन्य देशहरूले पनि गर्दै आएको परिषदले जनाएको छ ।

कोरोनाको संक्रमण भएर विराटनगरका ६० वर्षका पुरुषमा प्लाज्‌मा थेरापी सुरु गरिएको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार आईसीयूमा रहेका ती पुरुषमा पहिलो डोज गत बिहीबारबाट सुरु गरिएको हो । उक्त थेरापी सुरु भएपछि ती विरामीमा सुधार भएको छ । छिटै ती पुरुषलाई आईसीयूबाट जनरल बेडमा सारिँदैछ । पहिलो प्लाज्‌मा लिने पुरुषमा गत साउन १० गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा