Lite Nepal

आइतबार, साउन १८, २०७७

झापा । कोरोना संक्रमण रोक्न झापाको विर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी दिइन्।

उनका अनुसार खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। औषधि पसल बाहेक अन्य पसलहरू बन्द रहने छन्। निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने नगरपालिका कार्यालयले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कारोबार गर्न नपाउने भएका छन् भने कर्मचारीले परिचय पत्र बोकेर हिँड्नुपर्ने घतानीले बताइन्। छिमेकी अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि लकडाउन गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा