Lite Nepal

आइतबार, साउन १८, २०७७

झापा । कोरोना संक्रमण रोक्न झापाको विर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी दिइन्।

उनका अनुसार खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। औषधि पसल बाहेक अन्य पसलहरू बन्द रहने छन्। निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने नगरपालिका कार्यालयले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कारोबार गर्न नपाउने भएका छन् भने कर्मचारीले परिचय पत्र बोकेर हिँड्नुपर्ने घतानीले बताइन्। छिमेकी अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि लकडाउन गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं