Lite Nepal

आइतबार, साउन १८, २०७७

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने, ‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने समितिले निर्णय गर्छ ।’ कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा भएका सबैको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको पुष्टि भएको न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरीको गणमा भएको सवैको नतिजा नआइञ्जेल र संक्रमित निको नभएसम्म मालपोत र शिक्षा विकास तथा सममन्वय इकाइले आन्तरिक काम गरेपनि सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको गणमा कोरोनाका संक्रमण फैलिएपछि त्यसलाई शिल गरिएको छ । इलाममा अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने सशस्त्र प्रहरीको गणका २७ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं