Lite Nepal

सोमबार, साउन १९, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं। ११ मा पहिरोमा पुरिएर भाडामा बस्ने आठजना बेपत्ता भएका छन् । मेलम्ची बजारस्थित स्वास्थ्य चौकीछेउमै रहेको देवलाल श्रेष्ठको घरमाथिबाट रुखसहित खसेको ढिस्कोले पुरिँदा कभर्ड हल बनाउन आएका कामदार वेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएर वेपत्ता हुनेहरू कभर्ड हल बनाउन विरगन्ज तथा भारतबाट आएका कामदार रहेको प्रहरीले जनाएको छ । सख्त घाइते अवस्थामा एकजनाको जीवितै उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका बारू साह नाम गरेका भारतीय नागरिकलाई उपचारको लागि अस्पताल पठाइएको स्थानीय श्याम खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले दिएको जानकारीअनुसार पहिरोमा पुरिएर विरगन्जका राजेन्द्र चौरसिया, प्रदीप चौरसिया, राजेश चौधरी तथा स्थानीय कामदार विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घ्लान, शिवबालक धामी र सोनम लामा वेपत्ता छन् ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोली घटनास्थल पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा