Lite Nepal

सोमबार, साउन १९, २०७७

विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा