Lite Nepal

सोमबार, साउन १९, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए ।

उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।

मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं