Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । सरकारले कोरोनाभाइरसको रोकथामको लागि गरेको लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमितको संख्या झन बढिरहेको छ । यस्तै यसै बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

उनले अब लकडाउन गर्नेकी नगर्ने भन्ने बिषयमा विज्ञहरूसँग छलफल गर्न लागेको बताइएको छ । उक्त बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्रमा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरुलाई बोलाएको बताइएको छ ।

स्रोतका अनुसार काठमाडौं उपत्यका, पर्सा लगायतका स्थानमा कोरोना बढिरहेकोले कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गरिने जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्ने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा