Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा आउने भएको छ ।

सञ्चालनको लागि सबै तयारी पूरा भएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यात्रु प्रस्थान, आगमन, कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी सबैका लागि तयारी पूरा भएको कार्यालयका प्रमुख टेकनाथ सिटौलाले जनाए ।

सिटौलाका अनुसार अर्को निर्णय नभए आगामी भदौ १ गतेदेखि आन्तरिक हवाइ सेवा सुरु गर्ने सबै तयारी गरिएको छ ।

विमानस्थलको निर्मलीकरण देखि भौतिक दूरी कायम गर्ने सम्मका कामहरू व्यवस्थापन गरिएका छन् ।

विराटनगरमा भदौ १ देखि बुद्ध एयरले २, यतिले २, श्रीले २ र सौर्य एयरलाइन्सले १ गरी दैनिक ७ वडा उडान गर्ने सिटौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा