Lite Nepal

मंगलबार, साउन २०, २०७७

माेरङ । सुनसरीको सदरमुकाम इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगरस्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा मङ्गलबार राति १२ बजे देखि लागू हुने गरी पाँच दिने लकडाउन गर्ने निर्णय गरेकाे हाे । इटहरीमा समुदायस्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरिएको इटहरी उपमहानगरले जनाएको छ ।

यस्तै इनरुवा नगरपालिकामा पनि पाँच दिने लकडाउन घोषणा गरिएको छ । गएकाे १८ गते इनरुवाका राजनीतिककर्मी, प्रहरी, पत्रकार र आशङ्का गरिएका व्यक्ति गरी ७५ जनाको स्वाब सङ्कलन गरिएकोमा एक जना मेडिकल सञ्चालकको काेराेना रिपोर्ट पोजेटिभ आएपछि सुनसरी सदरमुकाम इनरुवा लकडाउन गरिएको हो । इनरुवामा पनि साउन २६ गतेसम्मलाई लकडाउन हुनेछ ।

सुनसरीको दुहबी नगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ । दुहबीमा मङ्गलवार रातिदेखि भदौ २ गतेसम्म लकडाउन लागू हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा