Lite Nepal

बुधबार, साउन २१, २०७७

झापा। झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।

स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ असार ३१ गते जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र सात गाउँपालिकाबाट प्राप्त विवरणका आधारमा झापालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिए।

पालिकाहरूबाट १६ देखि २३ महीनाभित्रका आठ हजार १२ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं