Lite Nepal

बुधबार, साउन २१, २०७७

धरान । प्रदेश १ का सहरमा कोरोना संक्रमण फैलन थालेपछि धमाधम लकडाउन गर्न थालिको छ । यसैबिच कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो। बैठकले औषधी पसलबाहेक सबै व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने एम्बुलेन्स र शव वाहनबाहेक अन्य सवारीसाधनहरुलाई पूर्णरुपमा चल्न रोक लगाउने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए।

धरानमा पछिल्लो समय समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। संक्रमण पुष्टि भएका २८ जना मध्ये ९ जना घरमा नै रहेकाहरु भएकोले लकडाउन गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको थियो। हिजो सुनसरीकै इटहरी उपमहानगर, इनरुवा र दुहबी नगरपालिकाले पनि लकडाउनको निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा