Lite Nepal

बुधबार, साउन २१, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा मास्क नलगाई हिड्नेलाई जरिवाना सहित कारबाही गरिने भएको छ । लकडाउन खुले सँगै सदरमुकाममा सामाजिक दुरी कायम नगर्ने र मास्क नलगाउनेको संख्या ह्वातै बढेपछि कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।

समितको निर्णय अनुसार मास्क नलगाउनेलाई अब १ सय रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यो निर्णय बुधबारबाटै लागु भएको लाइट नेपाललाई जानकारी दिए ।

‘मास्क नलगाई हिड्नेलाई जनही सय रुपैंया जरीवाना सहित भौतिक दुरी कायम गरेर हिड्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय बारे जानकारी दिन ठाउँको ठाउँ उभ्याउने सहितका जन कारबाहीलाई प्रहरीले अघि बढाउने भएको छ,’ निर्णय सुनाउँदै प्रजिअ निरौलाले भने । लाइट नेपालमा मंगलबार ताप्लेजुङमा कोरोना सकिएकै हो ? मुखमा मास्क र सामाजिक दुरी खै ? शिर्षकमा समाचार छापिएको थियो । समाचार आएसँगै समितिले यो निर्णय गरेको छ ।

यसैबिच प्रमुख जिल्ला अधिकारी निरौलाले अत्यावश्यक काम बाहेक सवारी पासमा कडाई गरिएको जानकारी दिए । ताप्लेजुङ प्रवेशको मुख्य मार्ग काबेलीमा रहेको हेल्थ डेक्सलाई थप कडाईका साथ जाँचपास गर्न निर्देशन दिई सकिएको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा