जनकपुरधाम । रामानन्द चाेकस्थित जलान काउन्टर अगाडि राखिएको शंकास्पद बस्तुभित्र कपडा फेला फरेकाे छ । नेपाली शेनाकाे डिस्पोज टाेलीले त्यस क्षेत्रलालाई शील गरेर सुरक्षित साथ डिस्पोज गरेको थियाे । उक्त शंकास्पद बस्तुभित्र कपडा फेला परेकाे नेपाली शेनाले जनाएकाे छ ।
रामानन्द चोकमा संकास्पद बस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको थियाे । उनीहरूले बम हुन सक्ने आशंका गरेका थिए । शंकास्पद भनिएको वस्तु शुटकेश र झोला कसैले विर्सेर हिडे वा छोडेका प्रहरीले जनाएकाे छ । उक्त विषयमा धनुषा प्रहरी जाँचबुझ गरिरहेको प्रहरीले जनाएको छ ।