Lite Nepal

बिहिबार, साउन २२, २०७७

दमौली । आगनमा खेल्दै गरेका शुक्लागण्डकी २ मसारका डेढ वर्षका एक बालकको चितुवाको आक्रमणमा परी ज्यान गएको छ। ज्यान जानेमा स्थानीय विष्णुबहादुर रानाका छोरा नारायण राना रहेका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

‘आगनबाटै चितुवाले बालकलाई टिपेर लगेको देखिन्छु’, उनले भने। घरबाटै चितुवाले लगेका बालकको बुधबार मध्यरातमा टाउको र हात मात्र भेटिएको छ। ती दुवै अंग घरबाट झण्डै दुई किलोमिटर पर जङ्गल नजिकै भेटिएको स्थानीय विकास गुरुङले जानकारी दिए। ‘निकै पर जङ्गल नजिकैको बारीमा शरीरका भाग भेटिए’, उनले भने’, ‘अरु भाग अझै भेटिएको छैन।’

झिसमिसे साझमा आक्रमण भएको स्थानीयको भनाइ छ। यसअघि पनि शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बाल बालिकाको ज्यान गैसकेको छ। प्रायः यस्ता आक्रमण साँझ हुने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं