Lite Nepal

बिहिबार, साउन २२, २०७७

दमौली । आगनमा खेल्दै गरेका शुक्लागण्डकी २ मसारका डेढ वर्षका एक बालकको चितुवाको आक्रमणमा परी ज्यान गएको छ। ज्यान जानेमा स्थानीय विष्णुबहादुर रानाका छोरा नारायण राना रहेका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

‘आगनबाटै चितुवाले बालकलाई टिपेर लगेको देखिन्छु’, उनले भने। घरबाटै चितुवाले लगेका बालकको बुधबार मध्यरातमा टाउको र हात मात्र भेटिएको छ। ती दुवै अंग घरबाट झण्डै दुई किलोमिटर पर जङ्गल नजिकै भेटिएको स्थानीय विकास गुरुङले जानकारी दिए। ‘निकै पर जङ्गल नजिकैको बारीमा शरीरका भाग भेटिए’, उनले भने’, ‘अरु भाग अझै भेटिएको छैन।’

झिसमिसे साझमा आक्रमण भएको स्थानीयको भनाइ छ। यसअघि पनि शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बाल बालिकाको ज्यान गैसकेको छ। प्रायः यस्ता आक्रमण साँझ हुने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा