Lite Nepal

बिहिबार, साउन २२, २०७७

जनकपुर । तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ का एक मन्त्री समेत संक्रमित भएका छन ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते परिक्षणका लागि स्वाब दिएका मन्त्रीको बुधबार बेलुका पोजिटिभ रिपोर्ट आएको हो ।

उनले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । संक्रमित मन्त्री अस्पता नगइ मन्त्री निवासमै आइसोलेशनमा बसेका छन् । आफूमा कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि अपिल गरेका छन् ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा