Lite Nepal

बिहिबार, साउन २२, २०७७

धरान । धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ । धरान उपमहानगरपालिका–३ गौधारा बस्ने एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उक्त परिवारका ७ वर्षीय बालकसहित ८५ वर्षीय र ४० वर्षीय पुरुष तथा ८० वर्षीया महिला र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाँकी ८ जना संक्रमितमध्ये धरान ११ बस्ने दुई महिला, भारतबाट आएर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बसेका ५ जना भारतीय गोर्खा सैनिक र धरानको तरकारी बजारस्थित एक पुरुष छन् ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान १७ का २८ र २६ वर्षीय २ जना पुरुष, वडा नम्बर १५ का ३४ वर्षीय पुरुष, वडा नम्बर ११ का ३५ वर्षीय पुरुष र वडा नम्बर १९ का एक पुरुष छन् ।

वडा १९ का पुरुषको यसअघि साउन १६ गते नै स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर गएका थिए । तर उनका साथीहरुको रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनमा नै बसेको र दोस्रो पटकका रिपोर्ट पोजेटिभ आएको मेहताले बताए । उनीहरु सबै भारतीय सेनामा कार्यरत हुन् । ईकान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा