Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का कानुनमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेको खुलेको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री ओली र गुहमन्त्री रामबहादुर थापालाई साउन १७ गते भेटेको खुलेको हो। मन्त्री यादवले बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिलाई भेटेको बताए।

उनी बैठक सकेर साउन १९ गते जनकपुर फर्किएका थिए। जनकपुर फर्किए लगत्तै कोरोना परीक्षण गराएका उनको बुधबार राति पोजेटिभ रिपोर्ट आएको छ। रिपोर्ट पोजेटिभ आएपनि कुनै लक्षण नदेखिएको उनले बताए।

यता प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले संक्रमित मन्त्रीले ओलीलाई भेटेको बताए। तर, प्रधानमन्त्रीको कोरोना परीक्षण भने गरिएको छैन। ‘उहाँ ९यादव०ले प्रधानमन्त्रीज्यूलाई अस्ती नै भेट्नु भएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको कोरोना परीक्षण भएको छैन।’

मन्त्री यादवले भने सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र परीक्षण गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं