Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडौं । मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको एप ‘पाई नेटवर्क’ पछिल्लो समय नेपालमा भाइरल बनेको छ । पाई नेटवर्कमार्फत क्रिप्टोकरेन्सी कारोबार गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्ता मुद्रालाई अवैधानिक मानिएको छ । तर पनि अहिले नेपालका थुप्रै युट्युव च्यानलहरुमा जताजतै छ्यापछयाप्ती देखिन थालेको छ ।

पाई नेटवर्कको माध्यमबाट कसरी पैसा कमाउन सकिन्छ भनेर सिकाइने गरिएको छ । युट्युवहरुमा कसरी अभौतिक मुद्रा उत्पादन गरेर आफूले कमाई गर्न सकिन्छ भनेर सिकाइएको छ । पाई नेटवर्कबाट लाखौं रुपैँयाँ कमाउन कसरी काम गर्ने भन्ने सिकाइएको छ । फेसबुक, युट्युव लगायत जताजतै यहि एपको बिगबिगी छ । गूगल प्ले स्टोरबाट विश्वभर १० लाख पटक यो नेटवर्क डाउनलोड गरिएको छ । यो एप नेपालको टप ट्रेन्डिङ एपको सूचीमा दोस्रो स्थानमा रहेको छ । यो नेटवर्क २०७५ फागुन ३० गते सार्वजनिक भएको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्ट्यानफोर्ड विश्व विद्यालयका तीन जना ग्राजुएटले बनाएको यो एप बनाएका थिए । यो एपले स्मार्टफोनमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गर्दै आएको छ ।

यस अघि विश्व प्रसिद्ध म्यासेजिङ्ग एप्लिकेशन टेलिग्रामले सन् २०१८ मा आइसिओ ( इनिसियल क्वाइन अफरिङ्ग) मार्फत २०० निजी लगानीकर्ताहरुबाट १.७ विलियन डलर पूँजी संकलन गरिसकेको थियो । पछि सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले ग्रामक्वाइनले कानुन उल्लंघन गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो र अदालतको आदेशमा यसलाई बन्द गरिएको छ ।

यसरी हुन्छ काम

जति सक्यो त्यति आफ्ना साथीहरुलाई यो नेटवर्कको लिंक पठाउँदै जाने र आफूले पाएको प्वाइन्ट संकलन गर्दै जाने गर्नुपर्छ । आफ्नो नेटवर्कमा भएका साथीहरुले माइनिङ (उत्पादन) गरेको प्वाइन्टबाट आफूलाई पनि केही प्रतिशत आउने गर्छ । यसरी पैसा कमाउन हरेक २४ घण्टामा एक पटक अनिवार्य रुपमा यो एप खोल्नुपर्छ । यदि २४ घण्टामा यो एप खोलिएन भने आफूले कमाएको सबै रकम जान्छ ।

यसो भन्छन् प्राविधिक

क्रिप्टो करेन्सीलाई विश्वका केही स्थानमा मान्यता दिए पनि नेपालमा अवैध मानिएको छ । सामाजिक संजालतिर सर्वत्र आएको छ र त्यसलाई गैर कानुनी मानिएको कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान)का पूर्वअध्यक्ष विनोद ढकालले बताए । यस विषयमा सरकारले तुरुन्तै अनुसन्धान गर्न जरुरी भएको उनको भनाइ छ ।

के भन्छ राष्ट्र बैंक ?

वित्तीय क्षेत्रको नियमनकारी निकायको नेपाल राष्ट्र बैंकले पनि यस विषयमा विस्तृत अध्ययन गरिसकेको छैन । तर नेपाल राष्ट्र बैंक ऐन अनुसार अभौतिक मुद्रा विटक्वाइनलाई २०७४ मा नै एक सूचना जारी गर्दै अवैधानिक मानेको थियो । राष्ट्र बैंकले सो सूचना मार्फत बिटक्वाइन् लगायतका कुनै पनि अभौतिक मुद्राको कारोबार गर्न नपाइने स्पष्ट पारिसकेको छ । तर पाई नेटवर्कका बारेमा भने राष्ट्र बैंकले खासै केही गरेको छैन । ‘अहिलेसम्म त्यस विषयमा राष्ट्र बैंकले खासै केही गरेको छैन, त्यस्ता भर्चुअल करेन्सीले भने मान्यता पाएका छैनन् ।’ राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले भने । तर यस सम्बन्धी सूचना राष्ट्र बैंकमा आएकाले छिट्टै केही गर्ने योजनामा रहेको प्रवक्ता भट्टले बताए ।

के भन्छ सिआइबी ?

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख सहकुलबहादुर थापाले क्रिप्टो करेन्सीका बारेमा आफूहरुलाई पनि जानकारी आएकाले यस विषयमा अनुसन्धान गरिरहेको बताए । ‘हाम्रो आइटी टिमले काम थालेको छ ।’ प्रमुख थापाले भने । यस्तो काम गर्ने जो कोहीमाथि नेपाल राष्ट्र बैंक ऐनको दफा ९५, वित्तीय ऐन तथा ठगी सम्बन्धी ऐन अनुसार कारवाही गरिने सीआइबीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा